लेखराज भट्ट अब माओवादीमा नफर्कने

Lekhraj bhatta
सुदूर प्रेस संवाददाता

धनगढी–उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून रहेको बताएका छन् । 

माओ‌वादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका मन्त्री भट्टले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोल्दै माओ‌वादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।


तपाईंको सांसद पद गएपनि एमालेमै रहनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, 'समर्थन फिर्ता लिएपनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पछि पनि छलफल गर्दै छौं के हुन्छ । कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकाल्छौं । '

उनले एमाले र माओवादी पार्टी ब्युँतिएपछि नयाँ परिस्थितीसँग कसरी जाने भन्नेमा गृहकार्य गरिरहेको बताए । 'पार्टी एकताको सम्भावनाहरुका बारेमा पनि छलफल भइरहेको छ,' उनले भने ।

मन्त्री भट्ट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी ओली पक्षमा खुलेका थिए ।

प्रकाशित:
2021/03/11, 7:03
SPA
KN
Priya Gahana Pasal