हत्या आरोपमा चार जना पक्राउ

Arrest
सुदूर प्रेस संवाददाता

बैतडी–युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरुको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए। उनले भने, ‘४ जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौं, अनुसन्धान भइरहेको छ।’

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्री मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भँगालोमा मृत भेटिएका थिए। कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ। कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ। शव पोस्टमार्टम भए पनि  आफन्तले अझै बुझेका छैनन्।  

प्रकाशित:
२०७७ चैत्र , १०:१०
SPA
KN
Priya Gahana Pasal