सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

pakrau

धनगढी–सवारी ज्यान मुद्दाका फरार कैलाली जोशीपुरका एक जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्। 

 जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने धनिराम डगौरालाई २०५९ चैत ३० गते सोही ठाउँका ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वारले चलाएको से१त ११४१ नम्बरको ट्र्याक्टरले च्यापेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । 

घटनापछि फरार रहेका स्वारलाई शनिवार इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए । 

प्रकाशित:
२०७७ चैत्र , ०८:१०
SPA
KN
Priya Gahana Pasal