कैलालीका रेञ्जर र सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुदूर प्रेस संवाददाता

धनगढी–सव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका  रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चोरीको काठसहित ट्रयाक्टर पक्राउ परेको मुद्दा मिलाइदिने भन्दै सामुदायिक वनका अध्यक्षलाई बिचौलियाको रुपमा प्रयोग गरेर ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा चौधरी र अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

रेञ्जर चौधरीलाई घुस बाफतको रकम दिलाउँन बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद रानालाई अख्तियार महेन्द्रनगर कार्यालयबाट गएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो। 

प्रकाशित:
२०७७ चैत्र १०, ०५:२५
SPA
KN
Priya Gahana Pasal