रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

सुदूर प्रेस संवाददाता

काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। अस्पतालका सूचना तथा सञ्चार अधिकृत सोमनाथ बाँस्तोलाले जोशीको निधन भएको बताए।


जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको निधन भएको जानकारी अस्पतालले दिएको बताए। ‘उहाँ रहनुभएन भन्ने खबर अस्पतालले दिएको छ,’ उनले  भने।

जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो।

प्रकाशित:
२०७७ चैत्र १३, ०९:२०
SPA
KN
Priya Gahana Pasal