माधव समूहले बनायो कैलालीमा समानान्तर कमिटी,अध्यक्षमा सोडारी

sodari
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा नेकपा एमालेको माधव नेपाल समूहले सामान्तर कमिटी विस्तार गरेको छ। 

शनिबार धनगढीमा नेकपा एमाले माधव समूहको जिल्लास्तरीय विस्तारित बैठकले दीर्घबहादुर सोडारीको अध्यक्षतामा समानान्तर कमिटी विस्तार गरेको हो। २०७५ जेठ २ गतेको बैठकबाट गठित कमिटीलाई नै क्रियाशील बनाउँदै पदाधिकारीहरुको कार्यविभाजन गरेको एमाले नेता विमल जोशीले बताए।

उनका अनुसार चार जना उपाध्यक्ष, एक जना सचिव, ९ जना सहसचिव गरी एक सय ७५ जनाको जिल्ला कमिटी बनाइएको छ। उपाध्यक्षमा कर्ण जैशी, भैरव रावल, केवाँलाल चौधरी र कलावती जोशी चयन भएका छन्। सचिवमा विमल जोशी, उपसचिवहरुमा शिवराज विनाडी, प्रेम चौधरी, चुनकुमारी चौधरी, लोकेन्द्र शाही, सुर्यचन्द्र भट्टराई, लोकबहादुर सारु, दिलबहादुर विक, खडक रावल र बखत विष्ट चयन भएका छन्।

भेलामा नेकपा एमालेका नेता भीम रावल, एमाले केन्द्रीय सदस्य गरिमा शाह र झपट रावल लगायतका अतिथिहरु सहभागी थिए। कार्यक्रममा नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देश नै अन्योलतामा धकेलिएको बताए। यो बेला पार्टी एकता अत्यावश्यक रहेको भन्दै उनले पार्टीभित्र मिलेर प्रधानमन्त्रीको कदमविरुद्ध लाग्नुपर्ने बताए।

प्रकाशित:
2021/04/11, 7:39