भारतमा विषालु रक्सी खाएर ५१ जनाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

भारत–भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । गएको शुक्रवार अलिगढ जिल्लामा विषालु रक्सीका कारण केही व्यक्तिको ज्यान गएको थियो । त्यसयता ५१ जनाको ज्यान गएको अलिगढ जिल्ला अस्पतालले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर ज्यान गएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो । सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा ज्यान गएको बीबीसीले जनाएको छ । अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।

प्रकाशित:
2021/05/31, 7:30