एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निर्णय

uml
सुदूर प्रेस संवाददाता

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरू सहभागी भएको बैठकले आन्तरिक एकतालाई सुदृढ पार्न अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

एकताका लागि भइरहेका प्रयासहरूबारे पनि बैठकमा कुराकानी भएको ज्ञवालीले बताए।

उनले केही समयअघि दुबै पक्षका नेताहरू सम्मिलित गरेर बनाइएको कार्यदलको अस्तित्व भने सकिइसकेको बताए। 

'केही नेताहरू कारबाहीमा पर्नुभएको छ। त्यो कार्यदल अहिले अस्तित्वमा छैन। आवश्यकता पर्‍यो भने कार्यदल पुनर्गठन हुन्छ,’ ज्ञवालीले भने।  


उनले आजको बैठकले सर्वोच्च अदालतमा विचारधीन मुद्दामा दबाब दिन अहिले भइरहेका गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको बताए।   

 

प्रकाशित:
2021/06/01, 3:04