स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी– स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे । 

जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।

प्रकाशित:
2021/06/17, 6:53