स्कटल्यान्डले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी– १६ औं संस्करणको युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ। वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड गोलरहित बराबरी खेलेका हुन्।


खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफको १२ औं मिनेटमा  इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।

यस बराबरीसँगै चेक रिपब्लिक नै समूहको शीर्ष स्थानमा कायम रहयो । चेक र इंग्ल्यान्डको समान ४-४ अंक छ भने क्रोएसिया र स्कटल्यान्ड १-१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो । 

त्यसअघि समूह डी कै खेलमा क्रोएसिया र चेक रिपब्लिकले पनि बराबरी खेलेका थिए । ग्लास्गोस्थित हाम्पडेन पार्कमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।


 समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।

प्रकाशित:
२०७८ असार , ०७:३०
SPA
KN
Priya Gahana Pasal