नेविसंघ पूर्वअध्यक्ष महरले दिए डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डर

oxygen
सुदूर प्रेस संवाददाता

डडेल्धुरा –नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताल १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन्।

बुधबार नेविसंघका पूर्वअध्यक्ष महरले अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझालाई हस्तान्तरण गरेका हुन्। अक्सिजन सिलिण्डरसँगै उनले अन्य स्वास्थ्य सामग्री पनि अस्पताललाई सहयोग गरेका छन्। 

कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर उनले सहयोग गरेका हुन्। साथै महरले मास्क, फेसशिल्ड, अक्सिजन मास्क, प्लस अक्सोमिटर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री पनि सहयोग गरेका हुन्।

आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। कोरोना महामारीको तेस्रो लहर पनि आउन सक्ने भएकाले सबैले सचेत हुनुपर्ने उनले बताएका छन्।

यसका साथै उनले अस्पतालमा जनशक्ति तथा पूर्वाधारका विषयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि पहल चालिरहेका महरले जानकारी दिए।

प्रकाशित:
2021/06/30, 8:37