पूजापाठ गरेर बालुवाटार सरे देउवा

deuba
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नु भएको छ । उहाँ बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा बालुवाटार सर्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ।

धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार सर्नु भएको बुझिएको छ ।

गएको मंगलवार प्रधानमन्त्रीमा नियुक्त भए पनि उहाँ आज बालुवाटार सर्नु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसक्नु भएको छ ।

प्रकाशित:
2021/07/16, 11:40