भीम रावलले दिए सांसद पदबाट मैले राजीनामा

bhim rawal
सुदूर प्रेस संवाददाता

काठमाडौँ– नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

रावलले भने- 'संसद् सचिवालयमा राजीनामा बुझाएको छु ।' उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गरेका हुन् ।

प्रकाशित:
2021/07/18, 4:30