डडेल्धुरामा घर पुर्‍याइदिन्छु भन्दै बीचबाटोमै किशोरीमाथि बलात्कार

rape
सुदूर प्रेस संवाददाता

डडेल्धुरा–डडेल्धुरामा एक किशोरीमाथि बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको आलिताल गाउँपालिका–६ की १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए।

चन्दकाअनुसार डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट ती युवतीलाई घर पुर्‍यादिन्छु भनि लगेर बीचबाटोमै बलात्कार गरिएको थियो। पीडित युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए।

युवकहरू पक्राउ गरेको चार दिन भइसक्दासमेत प्रहरीले घटना गोप्य राखेर पैसाको बार्गेनिङमा मुद्दा मिलाउन खोजेको आरोप लागेको छ।

प्रकाशित:
२०७८ साउन , ०७:३५
SPA
KN
Priya Gahana Pasal