कांग्रेस पदाधिकारी बैठक बस्दै : क्रियाशील सदस्यताबारेको प्रतिवेदन बुझाउने तयारी

सुदूर प्रेस संवाददाता

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ । त्यस्तै १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन भने स्थगित भएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । 

प्रकाशित:
2021/07/27, 7:58