सेती नदीमा बगेर एक जनाकाे ज्यान गयाे

सुदूर प्रेस संवाददाता

डाेटी – डोटीमा सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक आज साेमवार दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो । 

नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घाेल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित:
2023/06/12, 7:47