धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर जेल चलान

मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह ।
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा सोही अस्पतालमा कार्यरत उनका प्रेमी भनिएका डाक्टर सन्दीप भट्टराईलाई कैलाली कारागार चलान गरिएको छ । 

गत जेठ ४ गते आफ्नै घरको कोठामा मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटी बुझाएर तारेखमा छुटेका छन्।​

मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेको थियो।

कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ।  भट्टराईले विवाहको प्रस्ताव अस्वीकार गर्दा शाहले झुन्डिएर आत्महत्या गरेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए।

न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई भने ५० हजार धरौटी लिएर छोड्न आदेश दिएको हो।

प्रकाशित:
2023/06/15, 8:46
SPA
KN
Priya Gahana Pasal