यातायात कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख सहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सुदूर प्रेस संवाददाता

धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।

आयोगले चालक अनुमति पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको हो ।

चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी एक सय ८० जना र प्रयोगात्मक परीक्षामा दुई सय ८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नतिजा फेरबदलमा सहभागी सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलको समेत संलग्नता देखिएकाले उनीहरुविरुद्ध समेत मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

प्रकाशित:
2023/06/25, 6:46