बाजुरामा खोलाले बगाएर महिलाको मृत्यु

सुदूर प्रेस संवाददाता

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकामा –३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका ( ४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।

उनले दिएको जानकारीअनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरिक्षक बोहराले जनाए ।

लगातारको अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेको छ । पुल नहुँदा कतिपय ठाउँमा स्थानीयले खोला तर्दा ज्यान जोखिममा राख्नु पर्ने बाध्यता छ ।

प्रकाशित:
2023/06/26, 10:27