काठमाडौं बाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज बिचबाटै फर्कियो

सुदूर प्रेस संवाददाता

धनगढी-प्राविधिक समस्याका कारण काठमाडौं-धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ । धावनमार्ग भने खाली भएको छ ।

प्रकाशित:
2023/07/01, 8:59