महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता

सुदूर प्रेस संवाददाता

दार्चुला-दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक  पुरुष बेपत्ता भएका छन्  । शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।नदीमा हाम फालेर  बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि  अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त पुरुष बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले बताए । पुरुष हाम फालेको ठाउँमा चप्पल  मात्रै  फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।

 

प्रकाशित:
2023/07/02, 6:58