कैलालीका सांसद मिश्रको प्रश्न : ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन ?

सुदूर प्रेस संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मिश्रले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्नेकुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे । 

वैधानिक बाटोबाट मल ल्याउनेहरुलाई कारबाही गर्न उनले सरकारलाई आग्रहसमेत गरे । ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन,’ उनले भने । 

राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरुले रोपाईं गर्न नसकेकोप्रति सिंचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । पछिल्लो समय किसानले मल नपाइरहँदा बजारमा कालोबजारी र तस्करी भइरहेको भने पाइएको छ ।

प्रकाशित:
2023/07/11, 2:18