सशस्त्र प्रहरीद्वारा धनगढीको सीमा नाका वाट बेवारिसे कटुवा पेस्तोल बरामद

सुदूर प्रेस संवाददाता

धनगढी — कैलालीमा नेपालभारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ । मंगलबार साँझ धनगढी उपमहानगरपालिका १९ आँखीफुुट्टे भन्ने ठाउँमा रहेको सहायक सीमा स्तम्भ नम्बर ७३७/३  नजिकै खाली रहेको छाप्रोबाट पेस्तोल बरामद गरिएको हो ।

सशस्त्र प्रहरी ३४ नम्बर गणका डीएसपी धिरेन्द्र शाहका अनुसार लल्लीपुर बीओपीका सई कृष्णबहादुर थापा नेतृत्वको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।

हतियार कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन । साथै घटनाबारे प्रहरीले थप छानबिन गर्ने जनाएको छ ।

प्रकाशित:
2023/07/12, 10:25