सुन चाँदी र नगद सहित कैलालीको सीमा क्षेत्रवाट तीन जना नेपाली पक्राउ

आधा किलो सुन,साढे चार किलो चाँदीका गहना र ३५ लाख भारतीय रुपैयाँ बरामद
सुदूर प्रेस संवाददाता

धनगढी–  भारतको हरियाणाबाट नगद, सुन र चाँदीका गहनाचोरी गरेको आरोपमा बिहीबार तीनजना नेपालीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ । 

सीमा सुरक्षा बल (एसएसबी)को टोलीले आधा किलो सुनका गहना, साढे चार किलो चाँदीका गहना र ३५ लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । कैलालीको टिकापुरको सीमा क्षेत्र भारतीय बजार तिकुनियाबाट टीकापुर नगरपालिका-८ कर्मीडाँडाका शंकर साउद र उनकी श्रीमती पार्वती साउद र बर्दिया घर भएका सुनिल चौधरीलाई पक्राउ गरिएको टीकापुरस्थित सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

पछिल्लो समय भारतमा काम गर्न गएका नेपालीहरु धमाधम चोरी गरेर नेपाल आउने गरेको प्रहरीले जनाएको छ  । 

प्रकाशित:
2023/07/14, 7:24