धाैलिगंगा बाँध पुनः खाेलिँदै, सतर्कता अपनाउन आग्रह

सुदूर प्रेस संवाददाता

बैतडी–  भारतकाे धाैलिगंगा बाँध पुनः खाेलिने र  महाकाली नदीमा जलस्तर बढ्ने भन्दै  जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको छ।

बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खाेलिने भएकाले सूचना जारी गरेर प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको हो।

भारतकाे उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ।

सो समयमा महाकाली किनारका नागरिकहरुलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। 

यसअघि असार २६ गते पनि परियाेजनाकाे बाँध खाेलिएकाे थियो।

प्रकाशित:
2023/07/22, 7:20