भागबन्डा नमिले सम्म सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

सुदूर प्रेस संवाददाता

धनगढी– नागरिक उन्मुक्ति पार्टीले सहमतिअनुसार मन्त्रालयको भागबन्डा नमिलेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

गठबन्धनमा सहमति भए बमोजिम मन्त्रालयको बाँडफाँड नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने पार्टीले जनाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आजै सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने जानकारी गराएकी हुन् ।

‘केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकोले सहभागी नहुने जानकारी गाउँदछौँ’, अध्यक्ष श्रेष्ठले मुख्यमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ ।  

प्रकाशित:
2023/07/25, 5:43