नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादले सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ

संसदीय दलको निर्णय पार्टीले मानेन
सुदूर प्रेस संवाददाता

धनगढी–नागरीक उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण सुदुरपश्चिम प्रदेशको मन्त्रीमण्डल बिस्तार अन्योलग्रस्त भएको छ । 

उक्त पार्टीको संसदीय दलले निर्णय गरेर सोमबार  एक जना मन्त्री र राज्यमन्त्रीको नाम मुख्यमन्त्रीलाई सिफारिस गरेको थियो ।  तर केन्द्रिय अध्यक्ष रञ्जितता श्रेष्ठ चौधरीले भागबन्डा नमिलेको  भन्दै सरकारमा सहभागी नहुने जानकारी सहितको पत्र मंगलबार मुख्यमन्त्रीलाई पठाए पछि सरकार विस्तार हुन नसकेको हो ।   संसदीय दलले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम सहित निर्णय गरेर मुख्यमन्त्री समक्ष ै बुझाएको थियो । मुख्यमन्त्रीले मंगलवार सरकार विस्तार गर्ने आश्वासन उनीहरूलाई दिएका थिए  । अपराह्न ४ बजे शपथ ग्रहण हुने आसमा उन्मुक्ति पार्टीका सांसदहरू संसदीय दलको कार्यालयमा बसेका थिए । हिजो मौखिक रुपमा रोकेकी अध्यक्ष श्रेष्ठले आज लिखित रूपमै पत्र पठाएपछि सरकार विस्तार हुन सकेन । उता संसदीय दलले भने आफूले पठाएको निर्णय मुख्यमन्त्रीले कार्यान्वयन नगरेको भन्दे आपत्ति जनाएको छ । नागरीक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूले निर्णय गरे दुई जनाको नाम सिफारिस गरे पनि मुख्यमन्त्रीले कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए । 

मुख्यमन्त्रीले कमल वहादुर शाहले केन्द्रकै गठबन्धनका आधारमा प्रदेश सरकार पनि निर्माण भएकाले केन्द्रकै निर्णय नै आधिकारिक हुने बताएका छन् । उनले केन्द्र वाट निर्णय भएर आएपछि मात्रै अब सरकार विस्तार हुने बताए । निर्माण भएको पाँच महिना पुग्न लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद्ले पूर्णता पाउन सकेको छैन  । मन्त्री मण्डल विस्तार गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय पुगेका नागरीक उन्मुक्तिका सांसद मंगलवार पनि फिर्ता भए । 

मन्त्रालय भागबन्डामा कुरा नमिल्दा माघ २६ गते नियुक्त भएका मुख्यमन्त्री कमल वहादुर शाहले अहिले सम्म मन्त्रीमण्डल लाइ पूर्णता दिन सकेका छैनन् ।  जसका कारण भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली छ । उता काङ्ग्रेस वाट आन्तरिक मामिला तथा कानुन मन्त्री वनेका पृथ्वी वहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय पनि खाली छ । काङ्ग्रेस वाट पनि मन्त्रीमण्डलमा जानेको नाम अहिले सम्म टुङ्गिएको छैन ।

 

प्रकाशित:
2023/07/26, 7:42