नाइजरमा असन्तुष्ट सेनाको ‘कु’ : संविधान विघटन गरी शासन सत्ता सम्हालेको घोषणा

तस्बिर : एजेन्सी
सुदूर प्रेस संवाददाता

एजेन्सी–अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गर्नुभएको छ ।

सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ । अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताउनुभएको छ ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिजोदेखि असन्तुष्ट सेनाले कब्जामा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई फोन गरी उहाँको पक्षमा समर्थन व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ।

त्यस्तै, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरी पूर्ण सहयोगको प्रस्ताव गरेको खबरमा उल्लेख छ । अफ्रिकी युनियनले पनि सैन्य ‘कु’ को विरोध गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी हुनुभएको थियो । 

प्रकाशित:
2023/07/27, 8:06
SPA
KN
Priya Gahana Pasal