निमाविको लाइसेन्सका लागि आवेदन खुल्यो

सुदूर प्रेस संवाददाता

धनगढी– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लाइसेन्सका लागि आवेदन खुलाएको छ ।

लाइसेन्सको परीक्षाका लागि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा जनाइएको छ । पूर्ण रुपमा सही विवरण भरेर मात्र अनलाइन मार्फत आवेदन दिन आयोगले सचेत गराएको छ ।


अनलाइन दरखास्तमा आवेदन दिँदा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिन तथा पछि फरक परेमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुने भएकाले सो सम्बन्धमा आयोगबाट कुनै पनि कारबाही नहुने सूचनामा भनिएको छ ।

यसैबीच, लाइसेन्सका लागि आवेदन दिनेको संख्याका तुलनामा पास हुनेहरुको संख्या निकै न्युन हुने गरेको छ । यसअघि परेका निवेदनका आधारमा १६ प्रतिशत मात्र पास हुने गरेको आयोगका सूचना अधिकारी एवं उपसचिव सुदर्शन मरहठ्ठाले बताउनुभयो । लाइसेन्सका लागि करिव २ लाखले आवेदन दिने गरेकामा ३३ हजार मात्र परीक्षामा उत्तीर्ण हुने गरेको तथ्याङ्क छ । 

प्रकाशित:
2023/07/29, 8:35