कैलालीमा ट्याक्टरको ठक्करबाट प्रहरीको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। 

उक्त ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायत घाइते भएका थिए।

घाइते कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए ।

मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउकाको अवस्था गम्भीर रहेको छ।

डाउका अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत छन् । उनी ४ दिन क्याबी भैपरी आउने बिदामा बसेका थिए ।

डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको डिएसपी चन्दले बताए ।

घटनापछि ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा  छन् ।

प्रकाशित:
2023/07/31, 9:27