लामो रस्साकस्सी पछि सुदूरपश्चिम सरकारले पूर्णता पायो, तीन मन्त्री थपिए

सुदूर प्रेस संवाददाता

धनगढी–लामो रस्साकस्सी पछि सुदूरपश्चिम प्रदेश सरकारमा आज तिन जना मन्त्री थपिएका छन् । नागरिक उन्मुक्ति पार्टीका १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसका १ मन्त्री थपिएका हुन । 
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका हुन ।  त्यस्तै कृषि तथा सहकारी राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् ।

No description available.नवनियुक्त मन्त्री चौधरी र भट्ट लाइ आज बेलुकी प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यस्तै राज्यमन्त्री लाइ मुख्यमन्त्री कमल वहादुर शाहले शपथ खुवाएका थिए । यो सँगै झण्डै ६ महिना पछि सुदुरपश्चिम  प्रदेश सरकारले पूर्णता पाएको छ । विश्वासको मत नपाएपछि एमालेका राजेन्द्र सिंह रावल पदमुक्त भएपछि ठुलो दलको हैसियतमा कांग्रेशका कमल वहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर नागरीक उन्मुक्तिले दुइ मन्त्री र एक राज्यमन्त्री नपाए सम्म सरकारमा सहभागी नहुने अडान लिएपछि सरकारले पूर्णता पाउन सकेको थिएन । काठमाडौंमा गठबन्धनका नेताहरू बिच एक मन्त्री,एक राज्यमन्त्री,उपसभामुख र दुई वटा विषयगत समितिको सभापति दिने सहमति भएपछि उन्मुक्ति सरकारमा सहभागी भएको हो । सपथ ग्रहण पछि वोल्दै मुख्यमन्त्री कमल वहादुर शाहले सरकारले अव पुर्णता पाएसंगै प्रदेशको विकाश निर्माणमा अघि वढने बताए  ।

प्रकाशित:
2023/08/02, 7:47