कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करेन्ट लागेर भीमदत्त नगरपालिका–१० का ३९ वर्षीय दिनेश ओडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए । करेन्ट लागेर घाइते भएका ओडको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

डीएसपी डाँगीका अनुसार झुन्डिएको अवस्थामा रहेको इन्टरनेटको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो । इन्टरनेटको तार विद्युत्‌को तारसँग पनि जोडिएको हुन सक्ने उनले बताए ।

स्थानीयले विद्युत् र इन्टरनेट प्रदायक संस्थाको लापर्बाहीका कारण ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै विरोध गरेका छन् । बिहीबार बिहान स्थानीयले केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

प्रकाशित:
2023/08/17, 12:58