आजको मौसम : कहीँ सामान्य बदली, कतै मध्यम वर्षा

सुदूर प्रेस संवाददाता

धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली रहेको छ । देशका बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशकाका केही स्थानहरू र बाँकी थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित:
2023/08/18, 9:34