टी-ट्वेन्टी महिला क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं– चार देश सम्मिलित महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुईस (डिएलएस) मेथर्ड अनुसार नेपालले हङकङमामथि १३ रनको जित निकालेको हो। 

मलेसियाको वायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो । हङकङका लागि काईन चानले सर्वाधिक २९ रनको योगदान गरिन्।

मारिना ल्याम्प्लोले १९ तथा शान्जिन शहजाद १४ तथा  इक्रा सहर १० रनमा अविजित रहँदा यास्मिन दासवानीले ११ रनको योगदान गरिन् । बलिङतर्फ खुसी डङ्गोलले सर्वाधिक ३ विकेट लिइन्।

अस्मिना कर्माचार्य र कबिता जोशीले समान एक÷एक विकेट हात पारिन् । आजै भएको खेलमा कुवेतलाई हराउँदै मलेसियाले तेस्रो स्थान हात पारेको छ।

जितका लागि मलेसियाले दिएको ११३ रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ७७ रनमा समेटिएपछि मलेसियाले तेस्रो स्थान हात पारेको हो ।

प्रकाशित:
2023/08/27, 8:06