बाँदरको बन्ध्याकरण गर्नुपर्छ : आरजु राणा

काठमाडौं – देशभरका किसानलाई बाँदरले दुःख दिइरहेका बेला संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरको बन्ध्याकरणबारे कुरा उठेको छ ।

समितिको आजको बैठकमा बोल्दै समितिकी सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरको बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने बताएकी हुन् । यसका लागि नीतिगत व्यवस्था नै गरेरअघि बढ्नुपर्नेमा उनको जोड छ ।

सभापति राणाले भनिन्, ‘बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो । कृषि उत्पादन मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको बताएका थिए । त्यस्तै समितिले गाँजा खेतीलाई वैध बनाउनेबारे सरकारसँग छलफल गर्ने तयारी गरेको छ।

प्रकाशित:
2023/09/04, 8:05