यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

प्रकाशित:
2023/09/15, 8:24