२६ लाख भन्दा बढी मूल्यको अवैध सामान सहित एक जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–भारत वाट तस्करी गरे ल्याएको  २६ लाख भन्दा बढी मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ ।  कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवाल लाइ  अवैध सामान प्रहरीले हिजो पक्राउ गरेको हो। भारतबाट आयात गरिएको सो सामान ना ५ ख ४७३२ नम्बरको बसभित्र फेला परेको थियो। बसलाई धनगढी उपमहानगरपालिका–३ भन्सारबाट नियन्त्रणमा लिएको हो। बसभित्र २६ लाख ६६ हजार मूल्य बराबरको सामान फेला परेको हो। बिहीबार करिब ९ बजे प्रहरी चौकी त्रिनगरबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट मोटरसाइकलमा गएको गस्ती टोलीले बस, अवैध सामान र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो। बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोबाइल पार्ट, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मूल्य बराबरका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित:
2023/09/15, 8:32