यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी–  सुदूरपश्चिमको धनगढी र आसपासका क्षेत्रमा आज बिहान भीषण वर्षा भएको छ । वर्षाका कारण मुख्य बजार जलमग्न भएपछि मानिसहरूलाई आवत जावत गर्न  समस्या भएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी, बागमती र मधेस प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि (मंगलबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी, मधेस र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

प्रकाशित:
2023/09/25, 8:19