माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बडुवालको निधन

सुदूर प्रेस संवाददाता

धनगढी–नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ।

निमोनियाबाट ग्रसित रहेका उनलाई उपचारका लागि कैलालीबाट भारतको लखनउ लैजाँदै गर्दा बुधबार राति बाटोमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनी माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका थिए। बडुवालको स्वास्थ्यमा समस्या आएपछि उनी कैलालीस्थित घर फर्किएर थिए। 

स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि लगखनउ लैजाँदै गर्दा उनको निधन भएको हो।


२०७१ साल असोज २० गते डोटीको कटकटेको बस दुर्घटनामा उनले श्रीमती र एक छोरा गुमाएका थिए।

प्रकाशित:
2023/09/28, 4:50