भारतबाट फर्किएर होटलमा बास बसेका नेपाली मृत भेटिए

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्। 

बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी  दिए।

जिल्लाको दशरथचन्द नगरपालिका–८ स्थित नेपाल–भारत सीमामा पर्ने  झुलाघाट  बजारको बोहरा  होटेलभित्र एक ३३ वर्षीय युवक मृत फला परेका हुन्।

भारतको अलमोडाबाट काम गरेर स्वदेश फर्किएका युवक गएराति बोहरा होटेलमा बास बेसका थिए। सुतेकै अवस्थामा होटेलको माथिल्लो तलाको कोठामा मृत फेला परेका प्रहरीले जनाएको छ।

धामीको मृत्युको  कारण खुल्न सकेको  छैन। प्रहरीको टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित:
2023/10/03, 8:07
SPA
KN
Priya Gahana Pasal