योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा धनगढीबाट युवती पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनिभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ।​

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेका थिए। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित:
2023/10/15, 8:20