प्राकृतिक स्रोतमा आधारित वित्तीय साक्षरता तालिम धनगढीमा सम्पन्न

सुदूर प्रेस संवाददाता

धनगढी–प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय गरिरहेका उद्यमीहरूलाई ३ दिने वित्तीय साक्षरता तालिम बिहीबार धनगढीमा सम्पन्न भएको छ । 

युएस एड वायोडाईभरसिटी जल जङ्गल परियोजना धनगढी कैलालीको आयोजना ३ दिने आवासीय वित्तीय साक्षरता  तालिम सम्पन्न भएको हो ।  सुदुरपश्चिम प्रदेशको कैलाली,कञ्चनपुर,डडेल्धुरा,बैतडी र दार्चुला र लुम्बिनी प्रदेशका बाँके,बर्दिया,र दाङ जिल्लाहरूबाट लघु, साना र मझौला उद्यमीहरूलाई सहभागी गराएर उक्त तालिम सञ्चालन गरिएको थियो । तालिममा जम्मा २४ जनाको सहभागिता रहेको थियो । 

स्थानीय स्रोतको उपलब्धता  पहिचान गर्ने, सञ्चालनमा रहेका वनमा आधारित उद्योगहरूको अवस्था तथा समस्या पहिचान गर्ने, प्राकृतिक स्रोतमा आधारित उद्योगहरूको समस्या पत्ता लगाइ उनीहरूको क्षमता विकाश गर्ने उद्देश्यले तालीम आयोजना गरिएको हो ।  तालीमको उद्घाटन ल्यान्ड स्केप टिम लिडर भास्कर भट्टराईले गर्नुभएको थियो । तालीममा दिगो जीविकोपार्जन विशेषज्ञ सुशील ज्ञवाली र निजी क्षेत्र संलग्नता विशेषज्ञ मोचन भट्टराईले  प्रशिक्षण दिनुभएको थियो । 

यस कार्यक्रमले प्राकृतिक स्रोतमा आधारित  प्रकृतिले उपहार स्वरूप प्रदान गरेका कच्चा पदार्थहरूको दिगो प्रयोग गरी सो कच्चा पदार्थबाट उद्यम व्यवसाय सञ्चालन गर्नु र सञ्चालनमा रहेका वा सञ्चालन गर्न सकिने लघु ,साना तथा मझौला उद्योगहरूको प्रवर्द्धन तथा विकास गर्ने कार्य गर्दछ । 

जस अन्तर्गत उद्यमीहरूको आवश्यकता पहिचान गरी उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालिम ,बजारीकरण,उपयुक्त प्रविधि हस्तान्तरण,सिप विकास तालिम,लघु वित्तमा पहुँच जस्ता कार्य गर्ने गरेको परियोजनाका उद्यम विकास अधिकृत भूपेन्द्र पाण्डेयले  जानकारी दिनुभयो । 

 

प्रकाशित:
2024/06/28, 10:43