आईसीसी टी-२० विश्वकपको उपाधि भारतलाई

सुदूर प्रेस संवाददाता

एजेन्सी– आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गए राति भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । 

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन सर्वाधिक ५२ रन बनाए । 

क्विन्टन डी ककले ३९ ट्रिस्टन स्टब्सले ३१ र डेविड मिलरले २१ रन बनाए । भारतका लागि हार्दिक पाण्डियाले ३ विकेट लिए । अर्शदीप सिंह र जसप्रित बुमराहले समान २-२ विकेट लिए भने अक्षर पटेलले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । 

यस्तै अक्षर पटेलले ४७ रन बनाए भने शिभम दुवेले ३७ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नोर्जेले समान २-२ विकेट लिए भने मार्को जेन्सन र कागिसो राबाडाले समान १-१ विकेट लिए । 

प्रकाशित:
2024/06/30, 6:13