केन्द्रिय सत्ता समीकरण फेरबदल सँगै सुदूरपश्चिम प्रदेश सरकाराको भविष्य संकटमा

कांग्रेशको नेतृत्वमा सरकार बन्दै
सुदूर प्रेस संवाददाता

धनगढी–सत्ता समीकरण फेर बदलका लागी केन्द्रमा कांंग्रेश एमालेको नयाँ समीकरण वने सँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा बजेट पारित नगरीकनै दीर्घ वहादुर सोडारी नेतृत्वको सरकार बर्हीगमन हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार बन्नका लागी कांग्रेश–एमालेको स्पष्ट बहुमत छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार बन्नका लागी २७ प्रदेशसभाको समर्थन चाहिन्छ ।  यहाँ कांग्रेशका १८ र एमालेका ११ गरी २९ जना छन् । यद्यपि कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय टुङ्गो लागेको छैन । तर सुदूरपश्चिममा कांग्रेश नेतृत्वमै सरकार बन्ने एक नेताले बताए । देउवा  र ओली बिच ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएका कारण सुदूरपश्चिममा नागरीक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने सम्भावना छ । नागरीक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षका ५ जना प्रदेशसभा सदस्यहरू अहिले पनि प्रतिपक्षमा छन् । सुरु देखिनै उनीहरूले कांग्रेश नेतृत्वको सरकार लाइ साथ दिँदै आएका छन् ।  

प्रकाशित:
2024/07/03, 7:47