क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

सुदूर प्रेस संवाददाता

एजेन्सी– क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो । अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।  कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ । 

प्रकाशित:
2024/07/10, 7:48