सुदूरपश्चिमका कामचलाउ मुख्यमन्त्री सोडारीले गरे कृषि मन्त्री थापालाई बर्खास्त 

सरकारको निर्णय विरुद्ध प्रदेश सभा वैठकमा सहभागी भएको आरोप
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री दीर्घ वहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई आज बर्खास्त गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेको विशेष वैठकमा सरकारले सहभागी नहुने नीति लिएका बेला मन्त्री थापा दुइ दिन सहभागी भएपछि उनलाई पदबाट बर्खास्त गरिएको हो । सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको र त्यसै अनुसार सरकारमा सहभागी सबैलाई निर्देशन दिइएको भए पनि थापा अटेर गरे बैठकमा सहभागी भएपछि उनलाई हटाइएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।  थापा नागरीक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ चौधरी गुट वाट मन्त्री वनेकी थिइन । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । बजेट समेत पारित नभएपछि मुख्यमन्त्री सोडारीले प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी गरेका थिए । तर लगत्तै त्यसलाई एमाले कांग्रेश एमालेका प्रदेशसभा सदस्यको आग्रहमा प्रदेश प्रमुखको निर्देशनमा विशेष बैठक वोलाइएको हो । सुदूरपश्चिममा साउन १ गते देखि बजेट शून्यताको अवस्था सृजना भएको छ । तर आर्थिक मामिला मन्त्री समेत रहेको एमालेले समर्थन फिर्ता लिएपछि त्यसको झोकमा मुख्यमन्त्री सोडारीले राजीनामा दिन ढिलाइ गरी रहेका छन् । एमाले कांग्रेशले लिखित रूपमै राजीनामा दिन पटक पटक आग्रह गरे पनि उनले बेवास्ता गरेका छन् । संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र विश्वासको मत लिने मुख्यमन्त्री सोडारीले बताएका छन् । उनीसँग बहुमत नभएकाले १८ गते भित्र सरकार छोड्नु पर्ने छ  । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागी २७ जनाको समर्थन चाहिन्छ । यहाँ कांग्रेशका १८ र एमालेका ११ गरी २९ जना प्रदेशसभा सदस्य भएकाले सहजै सरकार बन्ने छ । केन्द्रिय नेताहरू बिच भएको सहमति अनुसार सुदूरपश्चिममा सरकारको नेतृत्व कांग्रेशले गर्ने छ । मुख्यमन्त्रीका लागी अहिले पूर्व मुख्यमन्त्री तथा कांग्रेश संसदीय दलका नेता कमल वहादुर शाह,पूर्व मन्त्री प्रकाश वहादुर देउवा र  वहादुर सिंह थापा दौडधुपमा छन् । 
 

प्रकाशित:
2024/07/28, 7:11
SPA
KN
Priya Gahana Pasal