सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने

दलहरूको सत्ता स्वार्थले बजेट अलपत्र
सुदूर प्रेस संवाददाता

धनगढी–अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागी  सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रवार अपराह्न  ४ बजे प्रदेश सभा बैठक बोलाएको छ ।   २० गते एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अन्तिम दिन विश्वासको मत लिन लागेका हुन । तर सोडारीले प्रदेशसभा वाट विश्वासको मत भने पाउने अवस्था भने छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिनका लागी २७ जनाको समर्थन चाहिन्छ । तर उनी सँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १६ जना मात्रै छन् ।  नयाँ गठबन्धनमा रहेका कांग्रेश सँग १८ र एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ । अझ नागरीक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्यले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् । सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट पारित गराउन नसकेपछि  साउन १ गते देखि प्रदेश बजेट होलिडे को अवस्थामा छ । सत्ता र प्रतिपक्षबिचको सत्ता स्वार्थ र इगोले  प्रदेश सभाबाट बजेटसम्बन्धी ऐनहरू पारित नहुँदा सरकारले प्रदेश मातहतका कार्यालयमा राजस्व उठन सकेको छैन ।  बजेट शून्यताको अवस्था आउनुमा मुख्यमन्त्री र एमाले दोषी छन् । एमालेका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आफैले ल्याएको बजेट पारित नगरी समर्थन फिर्ता लिएपछि प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको हो । अब नयाँ आउने सरकारले अध्यादेश मार्फत बजेट ल्याए पछि मात्रै प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य हुने छ  ।त्यस पछि मात्रै प्रदेशमा राजस्व उठाउन र खर्च गर्न बाटो खुल्ने छ ।  

 

प्रकाशित:
2024/07/31, 3:50
SPA
KN
Priya Gahana Pasal