कञ्चनपुरमा बाघ नियन्त्रणको प्रयास असफल

आक्रमणबाट एक महिलाको मृत्यु
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका-२ मा घाँस काटिरहेकी महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिन सकिएको छैन । बिहीबार साँझ ४ बजेदेखि ४ घण्टा बढी समयसम्म हात्ती परिचालन गरेर पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो । बाघलाई नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ४ वटा हात्ती परिचालन गरिएको छ । उखुबारीभित्र रहेको बाघ हिडिरहने गरेका कारण नियन्त्रणमा लिन नसकिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए । 

‘हात्ती उखुबारीमा जाँदा बाघ यता र उता गरिरहेको छ, फेरि देखिने ठाउँमा पनि आएको छैन,’ उनले भने, ‘ढाट गर्न सक्नेगरी देखिएकै छैन ।’ उनले राति अबेरसम्म प्रयास गर्दा पनि ढाट गरेर नियन्त्रणमा लिन नसकिएका कारण अहिले सोही क्षेत्रमा कुरेर शुक्रबार बिहानैदेखि फेरी प्रयास गरिने बताए ।

एखुबारीलाई चरैतिर सेतो कडाडाले घेरेर एकातिर ब्याको लोडरमा ढाट गर्ने टोली तयार छ । अर्कोतिरबाट हात्तीले लखेट्दै लैजाने प्रयास भइरहेको छ । तर नजिक पुग्ने बितिक्कै बाघ फेरि भाग्ने गरेका कारण ढाट गर्न प्रहार गर्नै सकिएन । बाघलाई ड्रोन क्यामेराबाट हेर्ने काम भइरहेको छ ।

बिहीबार बिहान धानखेतमा घाँस काटिरहेकी २६ वर्षीय हिरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको हो । बुधबारदेखि नै उक्त क्षेत्रमा बाघ देखिएको थियो । बिहीबार बिहान पनि निकुञ्जको टोली एकातिर ड्रोनबाट बाघको खोजी गरिरहेको थियो । अर्कोतिर घाँस काटिरहेकी साहुलाई आक्रमण गरेर उखुबारीमा लगेको हो ।

प्रकाशित:
२०८१ साउन १८, ०७:२४
SPA
KN
Priya Gahana Pasal