धनगढी–सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ ९२० बमोजिम प्रदेश प्रमुख नजिर मियाँ ले आज बेलुकी ५ बजे शाह लाइ मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । दीर्घ बहादुर सोडारीले शुक्रवार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेसका लागी आह्वान गर्नुभएको थियो । एमालेका ११ र आफ्नो दल कांग्रेशका १८ गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा आज दिउँसो शाहले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो । गएको प्रदेशसभा निर्वाचनमा कैलालीको लम्की चुहा नगर पालिकामा पर्ने क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ’क’ बाट उहाँ निर्वाचित हुनुभएको हो । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह दोस्रो पटक मुख्यमन्त्री बन्नु भएको हो । यस अघि एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा २०७९ माघ २६ गते देखि २०८० चैत २२ सम्म उहाँ सुदूरपश्चिमको मुख्यमन्त्री बन्नु भएको थियो । झण्डै ४ महिना पछि मुख्यमन्त्रीमा उहाँको कमव्याक भएको हो । शाह नेतृत्वको सरकारमा नागरीक उन्मुक्ति पार्टी लाइ पनि सहभागी गराउने तयारी छ । एमाले र कांग्रेश बिच मन्त्रालय भागबन्डामा अझै कुरा मिलेको छैन । भागबन्डा नमिलेकै कारण आज शपथ ग्रहण हुन सकेन । भोली सम्ममा सबै विषय मिलाएर शपथ ग्रहण गरेर कार्यभार समाल्ने मुख्यमन्त्री शाहको तयारी छ । दुइ वर्षको अवधिमा सुदूरपश्चिमको यो चौथो सरकार हो ।
तस्बिर–जगत साउँद