धनगढी– सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन भए सँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष उनीहरूले मंगलबार राजीनामा दिएका हुन् ।पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ गते विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए । मुख्यमन्त्री शाह ले दुबै ठाउमा नया नियुक्ति को तयारी गरेका छ्न ।
आजको मिति